काठमाडौँ, ८ मङ्सिर । युजेश फिल्म्सको ब्यानरमा बन्दै गरेको चलचित्र इन्काउण्टरुको छायाङ्कन सकिएको छ ।
स्वदेश तथा विदेशका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस चलचित्रमा सबिन श्रेष्ठ, छुल्त्रिम गुरुङ, दीपक छेत्री, बि एस राना, दिनेशजंगलगायतका कलाकारहरूको अभिनय रहेको छ । समसामयिक र रोचक कथावस्तु रहेको भनिएको यस चलचित्रमा समाजमा ब्याप्त कुरीति र बदनियतविरुद्ध धावा बोलिएको कुरालाई समेटीएको छ ।
चलचित्रमा प्रेमिल साहित्यकार नारायण नेपालको शब्द, संगीतकर्मी सूर्य राई कमलको संगीत र मिना निरौला तथा अन्यको आवाज सुन्न सकिने छ भने कथा तथा निर्देशन एन बी अञ्जानको रहेको छ





