समृद्धिको सपना पुरा गर्न हजारौं प्राविधिक खाँचो : किरण गुरुङ्ग

पोखरा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले समृद्धिको सपना पुरा गर्न देशलाई हजारौं प्राविधिकहरुको खाँचो रहेको बताएका छन् ।

शुक्रबार पोखरा ईञ्जीनियरिङ्ग कलेजमा अनेरास्ववियूले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उनले अगाडी भने, “संघियतालाई संस्थागत बनाउन र सरकारको समृद्धिको यात्रा सफल पार्न प्राविधिक जनशक्तिहरुले विशेष भूमिका रहनेछ ।”

कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयको परिक्षाको ग्रेडिङ्ग प्रणालीका बारेमा विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक ढाकाराज पन्तले सहजिकरण गर्दै क्षमतावान प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालय लागि परेको जनाए ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य नरेश रोकाया, केन्द्रीय सदस्य आशिर्वाद सुवेदी, पोखरा विश्वविद्यालय स्ववियू सभापति सुनिल तिमिल्सीना, अनेरास्ववियू कास्की जिल्ला अध्यक्ष विवेक देवकोटा, युदिप सुवेदी, सुरज बहादुर तिमिल्सीना लगायतले बोलेका थिए ।

कार्यक्रम भिष्मराज पौडेलको सभापतित्व तथा किशोर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर