ए डिभिजन लिग : एनआरटीलाई च्यासलले हरायो

काठमाडौं, ६ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम ९एनआरटी० क्लबलाई ५–१ गोल अन्तरले हराएको छ ।

ललितपुरको एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलको जितमा बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे । एनआरटीका मोसोद अग्बोलाले गोल फर्काएका थिए ।

खेलको ५७ औं मिनेटमा विमल घर्तीमगरले हेडमार्फत गोल गरे भने ६३ औं मिनेटमा विमलको पासमा सन्तोष साहुखलले सुन्दर गोल गर्दै च्यासललाई ४–० को अवस्थामा पुर्‍याए । त्यस्तै, खेलको ८६ औं मिनेटमा विमलले दोस्रो व्यक्तिगत गोल गर्दै च्यासललाई ५–० गोलको अग्रता दिलाएका थिए ।

आजनै हुने दोस्रो खेल लिग लिडर थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच ललितपुरको एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा