काठमाडौं, ६ मंसिर । प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्म ‘पाहुना’ अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।
ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ । पाखी ए तराइवालाले निर्देशन गरेको फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।
ट्रेलर






