विद्यालयको खाता रोक्का

काठमाडौं, ६ मंसिर। कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयको खाता रोक्का गरिदिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी नदिई ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी खाताको हस्ताक्षर परिवर्तन गरिएको र विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेपछि विद्यालयको नेपाल बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता रोक्का गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने खातालाई परिवर्तन गरी प्रधानाध्यापक र लेखापालको हस्ताक्षरबाट सञ्चालन हुने व्यवस्था गरिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जागृति बोगटी र प्रधानाध्यापक भूपालसिंह खड्काबीच विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।