सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कम्तीमा एक दिन हिरासत : सांसद बस्नेत

भक्तपुर, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरका नदी र अरनिको राजमार्ग लगायतका मुख्य सडकमा फोहोर गर्नेलाई २४ घण्टा थुनामा राख्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुर शाखाले आज आयोजना गरेको सुशासन स्मारिका सार्वजनिकीकरण एवं सम्मान कार्यक्रममा बोल्दै सांसद बस्नेतले सिंगो भक्तपुर जिल्लालाई सफा बनाउने अभियान अन्तर्गत एक महिने अरनिको राजमार्ग सफाई अभियान भोलीबाट सुरु हुने बताउदै भन्नुभयो– “भोलीबाट एक महिने अरनिको राजमार्ग सफाई अभियान सुरु गर्दैछौ, हनुमन्ते खोलामा मात्रै होईन, अरनिको राजमार्गमा पनि अब फोहोर फाल्नेलाई पक्राऊ गरी कम्तीमा एक दिन हिरासतमा राखेर सजाय दिने नीति बनाएका छौ ।”

फोहोर फाल्नेलाई सजाय दिने कानून नभए सार्वजनिक मुद्धा लगाएर भएपनि कारबाही गर्ने नीति लिएको बताउदै उहाँले यसबारेमा सिडिओ र प्रहरीसँग छलफल भईसकेको बताउनुभयो । गाडीबाट फोहोर फाल्ने व्यक्ति र चालकलाई समेत कारबाही गरिने बताउदै उहाँले खोला, नदी र सडकमा फोहोर गरे कारबाहीको भागिदार हुनुपर्ने बताउनुभयो ।

१०० हप्ते हनुमन्ते नदी सफाई अभियानको ३८ औ हप्ता पार गरिसकेको बताउँदै उहाँले अब हनुमन्तेमा भक्तपुरको चारवटै नगरपालिकाको ढल मिसाउन बन्द गरेर ढल मुक्त बनाउने कार्यको सुरुवात गर्न लागेको बताउनुभयो । हनुमन्ते करिडोर निर्माण एकसाताबाट सुरु हुने बताउदै उहाँले आगामी तीनवर्ष भित्र हनुमन्ते नदीलाई ढलमुक्त बनाइने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सांसदद्धय सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिल्ला समन्य समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैसस महासंघ केन्द्रीय कोषाध्यक्ष जीतराम लामा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गैसस महासंघ भक्तपुरका पूर्वअध्यक्ष एवं सल्लाहकार दुर्गामोहन श्रेष्ठ, स्मारिका प्रकाशन समितिको संयोजक शान्ता मैनाली चुडाल, संस्थाका सचिव नारायणप्रसाद न्यौपानेले गैसस परिवर्तनको संवाहक भएको चर्चा गर्दै गैससको महत्वमाथि प्रकाश पार्नुभयो ।

पूर्वउद्योग मन्त्री समेत रहनुभएका सांसद बस्नेतले पत्रकार रमेश गिरीलाई नगद रु. १५ हजार पुरस्कार सहित गैसस पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको छ । उहाँले उज्यालो एवं राससकर्मी गिरीलाई नगद पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।
कार्यक्रममा उहाँले गैसस महासंघ भक्तपुरका कोषाध्यक्ष एवं स्मारिका प्रकाशन बिज्ञापन समितिका संयोजक पहलमान श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभयो ।

कार्यक्रममा उहाँले गैसस महासंघ भक्तपुरले प्रकाशित गरेका ‘सुशासन’ स्मारिका विमोचन गर्नुभयो ।

गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले प्रकाशित स्मारिका गैससहरुको दस्तावेज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ