सुनसरी, ५ मंसिर । रियालिटी शो ‘हिमालय रोडिज’को फाइनल आउँदो सोमबार हुने भएको छ ।
फाइनलमा ३ जना प्रिविर घले, तेजस्वी बस्नेत र आयुष श्रेष्ठ प्रतिस्पर्धा गर्दैैछन् । रोडिज’को विजेताले २० लाख नगद पुरस्कार पाउनेछन् ।
अमन प्रताप अधिकारीले निर्देशन गरेका उक्त शोलाई यसपटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, महेन्द्रनगर, टिकापुर, चिसापानी, नेपालगञ्ज, कोहलपुर र काठमाण्डौमा छायांकन गरिएको छ ।





