काठमाडौँ, ४ मंसिर । नेपाल राष्ट्र बैंककले विभिन्न तह र पदमा ११४ जना जनशक्ति स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले सहायक निर्देशकमा प्रशासनतर्फ २१ जनाका लागि दरखास्त माग भएको छ। जसमा खुला १२, महिला २, आदिवासी जनजाति र मधेशी २र२, र दलित र अपाङ्गता भएका क्षेत्रबाट १र१ जनाको कोटा निर्धारण गरिएको छ ।
यस्तै सहायक निर्देशक चाटर्ड एकाउन्टेन्टतर्फ १० जना माग भएको छ। ख्लातर्फ ६ जनाको कोटा निर्धारण गरिएको छ। सहायक निर्देशक नै वाणिज्य कानुनतर्फ २ जनाको माग भएको छ। वाणिज्य कानुनमा खुला १ र महिला १ कोटा निर्धारण गरिएको छ ।
यस्तै सूचना प्रविधि सहायकमा १३ जनाको दरखास्त आह्वान भएको छ। जसमध्ये खुलामा ७, महिला २, आदिवासी जनजाति २ तथा मधेशी र दलितका लागि १र१ कोटा निर्धारण गरिएको छ ।
सहायक द्धितीयतर्फ बैंकले ६८ जनाको दरखास्त आह्वान गरेको छ। जसमा खुला ३७, महिला १०, आदिवासी जनजाति ८, मधेशी ७, दलित ३, अपाङ्गता भएका व्यक्ति २ र पिछडिएको क्षेत्रका लागि १ जनाको कोटा निर्धारण गरिएको छ ।
कार्तिक २९ गतेदेखि मंसिर १९ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा भने मंसिर २६ सम्म दरखास्त दिन सकिनेछ ।






