काम्बाङ्गले ल्याइन एकैसाथ कथा र गीति एल्बम

काठमाडौं, ४ मंसिर । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ ।

नेपाल वाङ्मय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी काईला, गायक आनन्द कार्की, साहित्यकार बिना थिङ, प्रतिष्ठान अध्यक्ष शशि लिम्बुलगातले एकै साथ दुई कृति सार्वजनिक गरेकी सर्जले नेपाली साहित्यमा ठुलो योगदान गर्ने चर्चा गरेका थिए ।

कथाकृति ‘नउघ्रेको जुन’मा २० कथा र गीति एल्बम ‘जानुमा ‘गर्नु छ एउटा कुरा’ र ‘प्यासी रातहरु’ गरी दुई गीत रहेको सर्जक लिम्बुले बताइन् ।
उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । अज गोरखा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा

काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५