काम्बाङ्गले ल्याइन एकैसाथ कथा र गीति एल्बम

काठमाडौं, ४ मंसिर । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ ।

नेपाल वाङ्मय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी काईला, गायक आनन्द कार्की, साहित्यकार बिना थिङ, प्रतिष्ठान अध्यक्ष शशि लिम्बुलगातले एकै साथ दुई कृति सार्वजनिक गरेकी सर्जले नेपाली साहित्यमा ठुलो योगदान गर्ने चर्चा गरेका थिए ।

कथाकृति ‘नउघ्रेको जुन’मा २० कथा र गीति एल्बम ‘जानुमा ‘गर्नु छ एउटा कुरा’ र ‘प्यासी रातहरु’ गरी दुई गीत रहेको सर्जक लिम्बुले बताइन् ।
उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ