सवारी साधन मर्मतका लागी : मोबाईल एप्स सार्वजनिक

काठमाडौं, ४ मंसिर । दुई पाङ्ग्रे सवारी साधन मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि ThirdWeelNepal मोबाईल एप्स सार्वजनिक भएको छ ।

सर्लाहीका ३५ वर्षीय अरुणकुमार राउतले ThirdWeelNepal एप्स बनाएका हुन । उनले नेपाल इन्जिनियरिङ कलेजबाट बीई गरेका छन भने भारतको चेन्नईस्थित भीईएलएस कलेजबाट एमटेक गरेका छन् । राउतले बनाएको एप्सले दुई पाङ्ग्रे सवारीमा आएका विभिन्न समस्यालाई समाधान गर्न सहयोगी हुने बताइएको छ ।

अहिले यो काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै उनीहरूको सेवा उपलब्ध छ । प्रयोगकर्ताले आईओएस र एन्ड्रोएड डिभाइसमा उपलब्ध ‘थर्ड ह्वील’ एप, कम्पनीको वेबसाइट वा फोनमार्फत यो सेवा लिन सक्छन् ।

डाउनलोड  गर्ने तरीका 

तपाईँले आफ्नु मोबाइलको प्ले स्टोर र एप स्टोरमा गएर TirdWeelNepal एप्स डाउनलोड गर्ने । त्यहा दिएको छोटो फारम भर्ने। जसमा तपाईको बाइक नम्बर दर्ता गर्नुपर्छ। अब सेवा लिन सक्नुहुन्छ। अथवा यसको वेवसाइट  बाट पनि सेवा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको