नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय

लमजुङ, ३ मंसिर । नेकपा माओवादी (क्रान्तिकारी) लमजुङले आज पार्टी परित्याग गरी अध्यक्षसहित जिल्ला कमिटी नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विलय भएको छ ।

नेकपाले राष्ट्र विकासका लागि थालेको अभियान देश र जनताको हितमा रहेको भन्दै क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वको कमिटी सहित २९ जनाको नेकपामा प्रवेश गरेका हुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले नव पार्टी प्रवेशीहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । उहाँले उक्त कार्यक्रममा सवै नेपालीहरु एक ढिक्का भई राष्ट्रिय समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी