नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय

लमजुङ, ३ मंसिर । नेकपा माओवादी (क्रान्तिकारी) लमजुङले आज पार्टी परित्याग गरी अध्यक्षसहित जिल्ला कमिटी नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विलय भएको छ ।

नेकपाले राष्ट्र विकासका लागि थालेको अभियान देश र जनताको हितमा रहेको भन्दै क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वको कमिटी सहित २९ जनाको नेकपामा प्रवेश गरेका हुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले नव पार्टी प्रवेशीहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । उहाँले उक्त कार्यक्रममा सवै नेपालीहरु एक ढिक्का भई राष्ट्रिय समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । आज

काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला