‘इन्डिया इन्टरनेशनल ट्रेड फेयर २०१८’मा नेपाल पनि सहभागी

(कार्तिक २९, नयाँ दिल्ली) ।  भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय व्यापार मेला ‘इन्डिया इन्टरनेशनल ट्रेड फेयर २०१८’ सुरु भएको छ ।

इन्डिया ट्रेड प्रोमोशन अर्गनाइजेसनले आयोजना गरेको यस मेलाको पार्टनर कन्ट्री अफगानिस्तान रहेको छ भने फोकस कन्ट्रीको रुपमा नेपाललाई स्थान दिईएको छ ।

आयोजक राष्ट्र भारत तथा नेपाल सहित विश्वका १९ राष्ट्रले भाग लिएको मेलामा घरायसी सामान, विद्युतीय सामान, जुटजन्य वस्तु, कपडा, कस्मेटिक समानहरु, ईलेक्ट्रीक सामान, स्वास्थ्य सम्बन्धी उपकरण, कृषिजन्य वस्तुहरु, छाला तथा छालाजन्य वस्तुहरु, हस्तकलाका सामान, पश्मिना कपडाहरु, गरगहना, अन्य मेशिनरी उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।

 नोभेम्बर १४ देखि २७ सम्म संचालन हुने यस मेलाको औपचारिक रुपमा भारतका केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सि.आर. चौधरी र केन्द्रिय संस्कृती राज्य मन्त्री डा. महेश शर्माले संयुक्त रुपमा उद्‍घाटन गरेका छन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव