(कार्तिक २९, काठमाडौं) । आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी भने स्थिर रहेको छ । प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





