(कार्तिक २९, काठमाडौं) । आप्रवासी श्रमिकको हक हितका लागि १२ देशका कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा आजबाट शुरू भएको छ ।
कोलम्बो प्रोसेस वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो । नेपालसहित अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य देश हुन् ।
बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसिएम र कोलम्बो प्रोसेसबिचको अन्तरसम्बन्ध, जिसिएम कार्यान्वयनलगायत विषयमा छलफल हुने भएको छ ।





