शुभकामना साकोसको मुख्य कार्यालय स¥यो

(कार्तिक २९, भक्तपुर) । भक्तपुर नगरपालिका नासमनास्थित आफ्नै भवनमा सञ्चालन भईरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो मुख्य कार्यालय स्थानान्तरण गरेको छ ।

संस्थाले आफ्नो कारोवारलाई थप प्रभावकारी बनाउनका लागि सुर्यविनायक नगरपालिका ६ मा रहेको ५ आना क्षेत्रफलमा बनेको ५ तल्ले आफ्नै भवनमा मुख्य कार्यालय स्थानान्तरण गरिएको संस्थाका प्रबन्धक राधेश्याम सुवालले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाको नासमना र सुर्यविनायक नगरपालिकाको सुन्दर वस्तीमा दुईवटा आफ्नै भवन भएपछि संस्थाले सदस्यहरुलाई कारोवारमा सहजता प्रदान गर्नका लागि सुर्यविनायकको भवनलाई मुख्य कार्यालय र नासमनाको भवनलाई शाखा कार्यालयका रुपमा प्रयोजनामा ल्याएको संस्थाका उपाध्यक्ष राम कासुलाले जानकारी दिनुभयो ।

२०५७ सालमा स्थापना भएको संस्थाले २०६५ सालमा नासमनामा भवन निर्माण गरेको र २०७४ सालमा सुर्यविनायकमा ५ आना १ दाम क्षेत्रफलमा रहेको ५ तल्ले भवन खरिद गरेको संस्थाका सल्लाहकार बालमुकुन्द सुवालले बताउनुभयो ।

७ हजार सदस्य रहेको शुभकामना साकोसको ७ करोड ९७ लाख ५३ हजार शेयरस पूँजि रहेको संस्थाका अध्यक्ष न्हुछेकुमार त्वायनाले जानकारी दिनुभयो । उहाँले संस्थाको कुल सम्पती ८५ करोड रहेकोमा ६४ करोड ८७ लाख निक्षेप संकलन गरि ५८ करोड १४ लाख ऋण लगानी गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष धर्मरत्न खाइतुले सदस्यता विस्तार, प्रभावकारी सेवा र सहकारीको गौरवलाई आत्मसाथ गर्दै श्भकामनाको मुख्य कार्यालय स्थानान्तरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ