चर्चित कमिक पुस्तकका लेखक लीको ९५ वर्षको उमेरमा निधन

(कात्तिक २७, एजेंसी) । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ ।

बीबीसीका अनुसार निमोनिया लगायतका रोगबाट पीडित लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

उनले जीवनको लामो कालखण्ड पश्चिमा युवालक्षित कथाहरुमा आधारित कमिक लेखेर बिताएका थिए । उनको लेख हरुमा दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक धेरै रुचाइएको थियो ।

सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा