काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुख चीन प्रस्थान

(कात्तिक २६, काठमाडौं) । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेका छन् ।

चीनको हुआन सहरमा  नोभेम्बर १४ देखि १६ सम्म हुने ‘चाइना इन्टरनेशनल फ्रेण्डशीप सिटिज कन्फरेन्स २०१८’ भाग लिन महानगर प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सोमबार दिउँसो  प्रस्थान गरेका छन ।

चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेण्डशीप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसी), चाइना इन्टरनेशनल फ्रेण्डशीप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले सम्मेलनको आयोजना गरेका हुन् ।

आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर