काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुख चीन प्रस्थान

(कात्तिक २६, काठमाडौं) । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेका छन् ।

चीनको हुआन सहरमा  नोभेम्बर १४ देखि १६ सम्म हुने ‘चाइना इन्टरनेशनल फ्रेण्डशीप सिटिज कन्फरेन्स २०१८’ भाग लिन महानगर प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सोमबार दिउँसो  प्रस्थान गरेका छन ।

चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेण्डशीप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसी), चाइना इन्टरनेशनल फ्रेण्डशीप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले सम्मेलनको आयोजना गरेका हुन् ।

आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी