टोटनह्यामले क्रिष्टल प्यालेसलाई हरायो

(कात्तिक २५, काठमाडौँ) । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई हराएको छ ।

क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै टोटनह्याम विजयी भएको हो । यो जीतसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी छोट्याएको छ । प्यालेसको मैदानमा भएको खलमा हुवान फोइथको दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए ।

टोटनह्यामले जित हात पारेपनि लिगको चौथो स्थानमा याथवत रहेको छ । टोटनह्यामको १२ खेलबाट २७ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ । सिटीको ११ खेलबाट २९ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको चेल्सीको ११ खेलबाट २७ अंक रहँदा तेस्रो स्थानमा रहेको लिभरपुलको पनि समान खेलबाट २७ अंक नै रहेको छ ।

शनिबार राति नै भएका अन्य खेलमा कार्डिफ सिटीले ब्रिगटोनलाई २–१ गोलले पराजित गर्दा न्युक्यास्टलले बोर्नेमाउथलाई २–१ गोलअन्तरले नै पराजित गरेको छ । त्यस्तै, वेष्टहामले हन्डर्सफिल्डसँग १–१ गोलको बराबरी खेल्दा वाटफोर्ड पनि साउथहाम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । अर्को खेलमा भने लेष्टर सिटीले बर्नेलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र