जहाँ सुतेको पनि कर्मचारीले तलब पाउँछ

(कार्तिक २४, एजेंसी)। जापानको एक कम्पनीमा कर्मचारीले सुतेको पनि तलब पाउँदछन् ।

जापानको क्रेजी इंक कम्पनीले आफ्ना  कर्मचारीलाई  सुतेको पैसा दिने गर्दछ । कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

उक्त कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ । जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आराम नपुगेर स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

तेसैले उक्त कम्पनीले कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् भनेर यस्तो नियम लागु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र