(कात्तिक २०, पोखरा) । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।
आज भएको फाइनल खेलमा पोखरा पल्टन विजयी भएको हो । टस जितेर पहिले बलिङ रोजेको पोखरा पल्टनले चितवनले दिएको १६१ रनको लक्ष्य ७ विकेट गुमाउँदै १९ ओभर दुई बलमा भेटाएको हो । पोखरा पल्टनका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रन बनाए । उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ९० रनको योगफल तयार पारे । त्यस्तै मोहम्मद नावीदले २५ रनको योगफल तयार पार्दा कप्तान शरद भेषावकरले २२ रन बनाए ।





