(कार्तिक १९, काठमाडौं) । “चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको तिहार गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको छ । गायिका मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीतको भिडियोमा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ साथै अन्य कलाकारहरुको अभिनय रहेको छ ।
कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले छायांकन गरेका छन ।
भिडियो






