मुन्द्रेको कमेडी क्लब : आजबाट नेपाल टेलिभिजनमा

(कार्तिक १९, काठमाडौं) । आज सोमबारबाट नेपाल टेलिभिजनमा हास्यकलाकार जितु नेपाललले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ सुरु हुने भएको छ ।

कार्यक्रमको औपचारिक घोषणामा पत्रकारहरुसग कुरा गर्दै नेपाली कलाकारले नेपाली शैलीमा रमाइलो गरेर मनोरञ्जन दिनेमा ढुक्क भएको बताएका छन  ।

मुन्द्रेको कमेडी शोको अहिलेसम्म ५ वटा भाग तयार भइसकेको छ । प्रति भाग ७ लाख रुपैयाँको लागतमा तयार भएको मुन्द्रेको कमेडी शोमा दिपाश्री निरौला अध्यक्षको रुपमा प्रस्तुत भएकी छन् भने राजाराम  पौडेल लगायतका कलाकारहरुले जीतु नेपाललाई साथ दिएका छन् ।

सोमबार राती ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा राजाराम पौड्याल र दिपाश्री निरौला, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकीआमा’ लगायतका कलाकारहरुको आकर्षक प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।