(कार्तिक १८, काठमाडौँ) । ‘सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ एनआईसी एशिया बैंक लिमिटेडले दिपावलीको उपलक्ष्यमा ग्राहकलाई रू. १०० को बोनस उपलब्ध गराउने भएको छ ।
सोही उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मोबाइल बैंकबाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले यस अभियानमा सहभागी हुन सबै ग्राहकहरुलाई अनुरोध गरेको छ ।
देशभर २६५ शाखा कार्यालय, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउनटर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।
‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा रु. ५०० सम्मको छुटको व्यवस्था समेत गरेको छ ।






