‘मि टु’ अभियान परिवर्तन भन्दा हल्ला बढी : मलाइका

(कार्तिक १४, एजेन्सी) । बलिउडकी चर्चित नायीका मलाइका अरोडाले अहिले चलिरहेको ‘मि टु’ अभियानलाई परिवर्तन भन्दा हल्ला बढी भएको बताएकी  छिन

उनले भारतीय मिडियासँग कुरा गर्दै भनिन ‘मलाई यो अभियानले त्यस्तो परिवर्तन आएको छ भन्ने लाग्दैन । मैले मानिसहरुको कुरा सुनिरहेको छु । मानिसहरु यसबाट परिवर्तन चाहने भन्दा पनि हल्ला बढि गरिरहेका छन् ।’ यदि हामी मनोरञ्जन दुनियाँको कुरा गर्दैछौ भने यहाँ धेरै कुरा देखिएको छ । मानिसहरु कुरा त गरिरहेका छन् । तर, यो अभियान सफल बनाउनका लागि मानिसहरुको सोचमा परिवर्तन आवश्यक छ । यो परिवर्तन रातारात हुन्छ भन्ने मलाई लाग्दैनँ ।’

बलिउडमा यतिबेला ‘मि टु’ अभियान चलिरहेको छ । १० बर्ष अगाडि एउटा चलचित्रको छायांकनको क्रममा नायक नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुख खोलेपछि अन्य केही नायिकाहरु पनि यो बिषयमा अगाडि सरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

काठमाडौँ, १२ असार। २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि ।