ट्रिटनका विद्यार्थीको म्हः पुजा

(कात्तिक १४, काठमाडौँ) । नेवारी परम्पराअनुसारको म्हः पुजा अर्थात आफ्नो शरीरको आफैंले गर्ने पुजामा सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल एकेडेमी सेकेण्डरी स्कुलका साना विद्यार्थीलाई सहभागी गराइएको छ ।

द्यालयले आयोजना गरेको सो पुजामा प्ले ग्रुपदेखि युकेजीसम्मका सयभन्दा बढी विद्यार्थी सहभागी भएको विद्यालयका निर्देशक राजन सुवेदीले बताउनुभयो ।

विद्यालयका शिक्षिकाद्धय मन्दिरा बुढाथोकी र सुवर्ण धौगोडा संयोजक रहेको सो पुजामा नेवारी परम्परा र संस्कृति अनुसार गरिने म्हः पुजाका सबै विधि अपनाइएको थियो ।

आत्मा शान्ति, आत्मा शान्ति, स्वास्थ्य र दीर्घायुको कामना सहित नेवार समुदायको नयाँ वर्षको अघिल्लो साँझ अर्थात तिहारको तेस्रो दिन अर्थात गोर्वधन पुजाको साँझ म्हः पुजा गर्ने गरिन्छ ।

विद्यार्थीलाई सहभागी गराई हिन्दु धर्मसंस्कृति अनुसारका चाडपर्व व्यवहारिक रुपमा मनाउँदै आएको ट्रिटन इन्टरनेशनल एकेडेमी सेकेण्डरी स्कुलले यो वर्ष पहिलोपटक म्हः पुजा गरिएको विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले बताउनुभयो ।

साना विद्यार्थीलाई सहभागी गराई काग तिहार, कुकुर तिहार, गोवर्धन पुजा देउसी भैलोको साथै भाइटिका समेत मनाइने पनि शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि