सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी किडस २०१९’ हुने

(कार्तिक १४, काठमाडौं) । पेजथ्री हट कल्चरले सौन्दर्य प्रतियोगिता फेस अफ मारवाडी किडस २०१९ गर्ने  भएको  छ ।

सो प्रतियोगितामा मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ गर्न लागेको आयोजकले बताएको छ ।

आगामी शनिवार यही कार्तिक १७ देखि सुरु हुन लागेको अडिसनमा नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा गु्रप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार गु्रप बनाएर प्रतियोगिता गर्न लागिएको मोदीले बताइन । यो चार ग्रुपमा २०–२० जना सहभागी हुनेछन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो अडिसन कार्तिक २४ शनिवारमा मर्दस प्राइड स्कुल मण्टेश्वरीमा हुँदैछ । डिसेम्बर महिना लागेपछि ट्रेनिङ सुरु हुने यो प्रतियोगिताको ट्रेनिङ नक्सालमा रहेको गिगल्समा हुँने छ ।

सोनिया केडिया काउन्सिलर, पुनम बर्मा कोरियोग्राफ, युबलुम टिमको ब्यवस्थापन रहेको यो प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा १२ जनवारी अर्थात पौष २८मा काठमाडौंमा हुँदैछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको