चीन र जापानबीच दुई अर्ब ६० करोड डलरको व्यापारिक सम्झौता

(कार्तिक ९, एजेन्सी) । चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ ।

शुक्रबार जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा दुबै मुलुकबीच सम्झौता भएको हो ।

चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताएका छन  ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक भएको हो । उनले भने ‘मेरो विश्वास छ नियमित व्यापारले जापानी र चिनीया जनताबीचको सम्बन्धमा थप प्रगाढता आउनेछ ।

 चिनीया प्रधानमन्त्री लीले ‘अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ’ भन्दै मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा