बजारमा मानव अधिकार शब्दकोश

(कार्तिक ६, काठमाडौँ) । मानव अधिकार सम्मानित एवम् मर्यादित जीवनका लागि जन्मदेखि मृत्युपर्यन्तसम्म अनिवार्य उपभोग गर्न पाउनुपर्ने विशेष अधिकार र सरोकारको विषय हो । यो कुनै खास व्यक्ति, समूह वा समुदायको लागि मात्र होइन । सम्पूर्ण जातजाति, भाषाभाषी, संस्कृति, धर्म, लिङ्ग, वर्ण, विचार, आस्था र राष्ट्रियताका आधारमा निरपेक्ष रही जन्मजात सबैको मानव अधिकार समान हुने भएकाले यो सबैको साझा सरोकारको विषय हो । अहिले विभिन्न समूह वा समुदायको सामूहिक अधिकारलगायत वातावरण, विज्ञान, व्यापार र विकासका विभिन्न आयामहरूलाई पनि मानव अधिकारसँग जोडेर हेर्न थालिएको छ । यसैले यसको विषयमा पनि धेरै नै विविधता थपिएको छ । समयअनुकूल परिष्कृत र परिमार्जित उपयोगी शब्द, अर्थ, भाषाको सहजतासम्वन्धी विविध जानकारीले एउटा पाठककको लागि धेरै नै महत्वपूर्ण अर्थ राख्दछ ।

मानव अधिकारसम्बन्धी विभिन्न सामग्रीहरू बजारमा नभएका होइनन् तर शब्दावलीलाई मात्र मध्यनजर गर्दे लेखिएको पुस्तक त्यति छैनन । मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत् माधव रेग्मी र कैलाशकुमार सिवाकोटीले संयुक्तरुपमा लेख्नुभएको मानव अधिकार शब्दावलीसम्वन्धी सम्पुर्ण जाकारी समेटिएको “मानव अधिकार शब्दकोश” अहिले बजारमा उपलब्ध छ । यसले मानव अधिकारको क्षेत्र र पढनपाठनमा रुचि राख्नेहरुलाई शब्दावलीसम्वन्धी सम्पूर्ण सामग्रीहरु पुस्तकले एकै बसाइमा उपलब्ध गराएको छ । त्यसैले मानव अधिकार शब्दकोश नामक यो पुस्तकले मानव अधिकारको विषयमा आवश्यक सबै शब्द, अर्थ र भाषाको ज्ञानलाई मात्र नभएर सामाजिक न्याय, कानुन, विज्ञान, चिकित्सा, प्राज्ञिक एवम् बौद्धीकक्षेत्रका लागि पनि महत्वपूर्ण शब्दावलीहरु उल्लेख गरेर समसामयिक ढंगबाट ब्याख्या गरिएकोछ । जुन अति नै उपयोगी छ भने मानव अधिकारसम्वन्धी विभिन्न प्रयोजनका लगि त झन पुस्तक एउटा महत्वपूूर्ण दस्तावेज नै बनेको छ । पुस्तकमा मानव अधिकारसँग सम्बन्धित शब्दलाई अङ्ग्रेजी र नेपालीमा व्याख्या गरिएको छ । पुस्तकले एउटा पाठकलाई खोजे जति सामग्रीको उपलब्धता आफुले चाहेकै भाषामा पाउन झनै सजिलो बनाएको छ ।

प्रकृतिमा भएका लाखौं प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ प्राणीका रूपमा चिनिन्छ । कुनै पनि विचार त्यतिखेर मात्र सही तरिकाबाट प्रवाह गर्न सकिन्छ, जब शब्द वा वाक्यको अर्थ ठीक ढङ्गमा प्रयोग गरिन्छ । शब्दको अर्थ गलत हुन गयो भने भनाइको अनर्थ सावित हुन्छ । अतः शब्द र वाक्यलाई ठीक अर्थ आउने गरी ठीक ठाउँमा प्रयोग गर्न सके मात्र भन्न खोजेको कुरा पष्ट हुने गर्छ । समयको विकासक्रमसँगै विषयगत रूपमा नयाँ–नयाँ शब्दहरूको विकास हुनु, मानव सभ्यताको शुरुवातमा प्रचलनमा रहेका कतिपय भाषाका शब्दहरू क्रमशः लोप हुँदै जानु वा कम प्रयोग हुनु स्वाभाविक हो । यो क्रम निरन्तर रहिरहन्छ ।

मानव अधिकार विशेषत २० औं शताब्दीको मध्यतिर दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रूपमा विकसित अवधारणा हो । समयक्रमसँगै मानव अधिकारका विषय अदलबदल हुनु स्वाभाविक हो । विगतमा एकखालका मुद्दा अस्तित्वमा थिए भने आज नयाँ मुद्दा प्रकट भइरहेका छन् । भोलि आजका मुद्दा पुराना बन्छन् नयाँ जन्मन्छन् । यसबीचमा मानव अधिकारको अवधारणा र आयाममा व्यापक परिवर्तन आएसँगै मानव अधिकारसम्बन्धी नयाँ–नयाँ शब्दहरू थपिने क्रम जारी छ । पुस्तकले यी सम्पर्ण विषयगत विविधतालाई पनि समेटन सफल भएको छ ।

कुनै पनि विषयवस्तुलाई सहज तरिकाले बुझ्न विषयगत सामग्रीहरूको आवश्यक हुन्छ । मानव अधिकारको यस्तैबद्लिदो अवधारणाअनुसार हालसम्म प्रचलनमा रहेका मानव अधिकारसम्बन्धी शब्दावली विषयवस्तुलाई बुझ्न पुस्तक विशेष सहयोगी हुनेछ । उक्त पुस्तक मानव अधिकारसम्बन्धी विषयमा अध्ययन/अध्यापन गर्न चाहने आमपाठक, विद्यार्थी, शिक्षक तथा शोधकर्तासमेतका लागि जानकारीमूलक हुनेछ । पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा व्याख्यात्मक शैलीमा भएकाले नेपाली अंग्रेजी दुवै थरी पाठक लाभान्वित हुनेछन् । सबै शब्दहरुलाई सजिलै बुझन सकिन्छ । मानव अधिकार शब्दकोश पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ