बेबिलोनका विद्यार्थी चीन प्रस्थान

(कार्तिक ६, काठमाडौं) । बेबिलोन नेशनल स्कुल शान्तिनगरका विद्यार्थीद्धय सुप्रिना राई र रइसा राई सोमबार चीन प्रस्थान गरेका छन । उनीहरुको साथमा चिनीया भाषा शिक्षक झांग होंग पनि चीन गएका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईका अनुसार सोमबारदेखि शुक्रबार (२२ देखि २६ अक्टोबरसम्म चीनको राजधानी बेइजिंगमा आयोजना हुने ‘द क्याम्प फर नेप्लिज योंगस्टर इन चाइना’ मा भाग लिन उनीहरु चीन गएका हुन ।

नेपालस्थित चिनीया राजदूतावासले मुलुकभरीका ४० विद्यालयका विद्यार्थीविच केही मिहनाअघि आयोजना गरेको चित्रकला प्रतियेगितामा बेबिलोन स्कुलकी सुप्रिना राई प्रथम भएकी थिइन । सोही आधारमा सुप्रिना चीन जान लागेकी र उनीसंग चीनको अनुभव बटुल्न रइसा पनि चीन गएकी विद्यालयकी शिक्षक— अभिभावक संयोजक कमला केसीले बताइन ।

चीन जान लागेका विद्यार्थीलाई बेबिलोन नेशनल स्कुलको इन्टरनेशनल स्कुल एवार्ड (आइएसए) कोअर्डिनेटर अनिता सिग्देलले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव,

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन