वैज्ञानिक स्टिफनको ह्विलचेयर, रिसर्च पेपर र अवार्ड अनलाइन लिलामीमा राखिने

(कार्तिक ६, एजेन्सी) । दिवंगत वैज्ञानिक स्टिफन हकिङको साइन्टिफिक पेपर्स, हाईटेक ह्विलचेयर र  कार्टुन शो ‘द सिम्पसन्स’ लगायतका  २२ सामग्री अनलाइन लिलामीमा राखिने भएको छ ।

 उनका धेरैजसो सामग्रीको मूल्य करोडौंमा हुनेछ ।  सन् १९६५ मा क्याम्ब्रिज युनिभर्सिटीमा पढाईको क्रममा लेखिएको रिसर्च पेपरमध्ये एक ‘प्रोपर्टी अफ एक्सपान्डिङ युनिभर्स ’ को लिलामीमा औसत साढे एक लाख पाउन्ड पाउने सम्भावना छ । यो पेपर उनले आफ्नो हातले लेखेका थिए र साइन गरेका थिए ।

उनी २२ वर्षको उमेरमा नै पक्षघातको शिकार भएका थिए । यो स्थितीमा उनले भोइस जेनरेटिङ (आवाज पैदा गर्ने) कम्प्युटर र हाईटेक ह्विलचेयरको सहारामा हिँडिरहेनथे  ।

अब उनले प्रयोग गरेको ह्विलचेयरको लिलामी गरिनेछ । यसको लागि कम्तीमा १० देखि १५ हजार पाउन्डसम्मको बोली लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा