यो कुकुरको टाउकाको मूल्य ८० लाख तोकियो

(कार्तिक ४, एजेन्सी) ।  दक्षिण अमेरिकी देश कोलम्बियामा सोम्ब्रा नामक कुकुरको टाउकाको मूल्य  ८० लाख तोकेका छन् ।

सोम्ब्रा नामक उक्त कुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न सहयोग गरेको छ, पुलिसलाई । कुकुरका कारण निदहराम भएका लागुऔषध अपराधीहरुले कुकुरको टाउकाको मूल्य तोकेका छन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका छन् ।

दक्षिण अमेरिकी देश कोलम्बिया लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई बाँच्नै मुस्किल बनाइदिएको छ ।

यो कुकुरको सहयोगले पुलिसले २ सय ४५ जना लागुऔषध अपराधी पक्रिन सफल भएको छ । यसले देशका दुईवटा ठूला एयरपोर्टमा पालैपालो ड्युटी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र