(असोज २७, एजेंसी) । दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले कोरियाली प्रायद्वीपमा जारी तनाव छिट्टै समाप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उत्तर र दक्षिण कोरियाबीच १९५३ मा युद्ध सकिएको थियो तर अझैसम्म शान्ति सम्झौता भएको छैन । बीबीसी अनुसार राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाले प्रयास गरेमा तनाव समाप्त हुने बताएका हुन् ।
मुनले उत्तर कोरिया र अमेरिकाबीचको कुटनीति वार्तामा समस्या आउन सक्ने आशंका गरेका छन् । तर, यस्तो अवस्थामा यूरोपेली देशका नेताहरुले मध्यस्थता गर्न दक्षिण कोरियालाई सघाउने विश्वास मुनले गरेका छन





