तीन करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी, पाँच करोड प्रभावित

(असोज २७, एजेन्सी) । सामाजिक सञ्जाल फेसबुक २ करोड ९० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको छ भने करिब पाँच करोड प्रयोगकर्ताका एकाउण्ट प्रभावित भएको पनि फेसबुकले जनाएको छ ।

शुक्रबारले फेसबुकले दिएको जानकारी अनुसार गएको महिनामा साइबर आक्रमणका कारण (ह्याकरहरु)ले फेसबुक प्रयोगकर्ताको डाटा चोरेका हुन् । कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ ।

फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् । कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ ।

रोजेन भन्छन्, ‘मानिसको गोपनीयता र सुरक्षा महत्वपूर्ण हुन्छ, जे भयो त्यसका लागि हामी माफी चाहन्छौँ ।’ फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको