(असोज २६, काठमाडौं)। ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई मिसकल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमारु १०० टपअप -TopUp_ गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनु पर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदानगर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नुहुनेछ ।
ग्राहकहरुले फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफै फोन काटिने छ, त्यस पश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउने ग्लोबल आइएमई बैंकले जनाएको छ ।





