शरीरमा जमरा उमार्न नौ दिनका लागि सुते कृष्ण

(असोज २४, काठमाडौं) । आज घटस्थापनाको दिन ३६ बर्षीय कृष्ण शाहीले शरीरमा जमरा उमार्ने  कार्य शुरु गरेका छन् ।

काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको आज पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका हुन । उनले सातपटकसम्म नौदिनसम्म पानीसमेत नखाई शरीरमा जमरा उमार्ने अठोट लिएका छन् ।

यसअघि तीनपटकसम्म जमरा उमार्ने काम पूरा गरिसकेका र यो उनको चौथोपटक रहेको बताएका छन ।  मन्दिरमा उनलाई हेर्न आउनेको घुइँचो लाग्छ। नौंदिनसम्म पानी समेत नखाई बस्नु सामान्य व्यक्तिको कल्पनाभन्दा बाहिर छ । अर्को आश्चर्यलाग्दो कुरा उनको शरीरको मलमुत्र प्रकिया समेत बन्द रहने गर्छ ।

नौ दिनसम्म अन्नपानी केही नखाई कसरी बस्नुहुन्छ रु भन्ने जिज्ञासामा उनले यस कार्य दैवी शक्ति र ब्रत बस्ने संकल्पका कारण सम्भव हुने बताएका छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र