नेपालको चौथो जित, भुटान ११७ रनले पराजित

(असोज २३, काठमाडौं) । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गर्‍याे ।

नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । दिपेन्द्र ऐरी र प्रदिप ऐरीले अविजीत ७५ रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।

जवाफमा नेपाली दुई स्पिनरको अगाडि कमजोर देखिएको भुटान १६ ओभर चार बलमा ३३ रनमा अलआउट भयो । नेपालले भुटानको स्कोरबोर्डमा एक रन पनि नहुदा दुई विकेट लियो । भुटानको स्कोर नौ रन हुँदा ६ विकेट झर्यो ।

ललितले चार ओभरमा चार रन खर्चिदै तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ६ रन खर्चिए । दवैले दुई–दुई ओभर मेडेन राखेका थिए । नेपालका लागि बसन्त रेग्मीले दुई तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा