विदेशी मुद्राको मूल्य निरन्तर उकालो

(असोज २२, काठमाडौँ) । सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही थपघट भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ र बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ । साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ २५ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ०८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत्