साउदी अरबको पत्रकार खसोग्गी मारिएको दावी

(असोज २२, एजेंसी) ।  साउदी अरबको  पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित  बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् ।

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित आलोचक खसाेग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक थिए ।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खसाेग्गी वाणिज्य दूतावास गएको र त्यहीँबाट मङ्गलबार वेपत्ता भएका थिए । खसाेग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गए पनि उनलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ ।

खसोग्गीले इस्लामावादमा रहेर वासिङ्टन पोष्टका लागि पनि रिपोर्टिङ गर्दै आएका थिए । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि