काव्यकी शिवात्मिका र शिक्षासेवी किनानलाई सम्मान

(असोज २१, काठमाडौं) । २०७४ सालको माद्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वाेत्कृष्ट अंक जिपिए ४ हासिल गरी विद्यालयमा पहिलो भएकी काव्य स्कुल नयाँबानेश्वरकी छात्रा शिवात्मिका सिंह प्रधानलाई सम्मान गरिएको छ ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, संस्थापक निर्देशकहरु सुनिल कुमार घर्ती, रिजन खड्का र प्रेमराज अर्यालले शिवात्मिकालाई टिका, खादा लगाउँदै ताम्रपत्र दिएर सम्मान गरेका थिए ।

विजया दशमी, दिपावली, नेपाल संवतको नयाँ वर्ष तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिवात्मिकालाई सम्मान गरिनुका साथै गतवर्ष माद्यमिक शिक्षा परीक्षा उतिर्ण सबै विद्यार्थीलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।

त्यस अवसरमा काव्य स्कुलका सञ्चार सल्लाहकार वरिष्ठ पत्रकार बलराम प्यासीका साथै अमेरिकाको एटलान्टामा रहेको हिमालयन चिल्ड्रेन्स च्यारिटी नेपालका संस्थापक तथा शिक्षासेवी बु्रस किनान तथा उनकी छोरी सुमिर किनानलाई पनि विद्यालयका संस्थापक प्रिन्सिपल बास्कोटाले उपहार दिएर सम्मान गरेका थिए । किनानले नेपालका थुप्रै वालवालिकालाई विभिन्न नीजि विद्यालयमा अध्ययनका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

यसैगरि सो कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, सहयोगीदेखि विद्यार्थी बोक्ने सवारी साधनका चालकसम्मलाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश