विदेशी मुद्राको मूल्य निरन्तर उकालो

(असोज २१, काठमाडौं) । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ र बिक्रिदर ३२ रुपैयाँ ५० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४२ र बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ३३ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ९२ पैसा रहेको छ । अमेरिकी डलरको मूल्य बढ्दा अरु देशका मुद्राको भाउ पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्