नोबेल शान्ति पुरस्कार बलात्कारविरुद्धका अभियन्ताद्वय डेनिस नादियालाई

(असोज १९, एजेंसी) ।  कंगोका मेडिकल डाक्टर डेनिस मकवेज र इराककी २५ वर्षीया नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार दान गरिने भएको छ ।

डाक्टर मकवेज लामो समयदेखि बलात्कार पीडितहरुका लागि काम गर्दै आएका छन । उनले  बलात्कार तथा यौनजन्य हिंसापीडित हज्जारौं बिरामीहरुको उपचार गरिसकेका छन् ।

नादिया मुराद सन् २०१४ मा आईएसआईएस जिहादिहरुले उत्तरी इराकको कोचो भन्ने गाउँमा आक्रमण गरेका बेला अन्य यजिदी महिलाहरुसँगै अपहरणमा परेकाी थिइन् । त्यसबेला उनी र उनका दिदीबहिनीहरु अपहरित भएका थिए भने आक्रमणकारीहरुले उनका दाजुभाई र आमाको ज्यान लिएका थिए । आक्रमणकारीहरुले गाउँका पुरुष र यौन हिंसा बलात्कार गर्न नमिल्ने उमेरका महिलाहरुलाई मारेका कारण उनले दाजुभाई र आमा गुमाउनुपरेको हो ।

उनले आफ्नो ज्यानको परवाह नगरी आईएसआईएस जस्तो भयानक संस्था र यससम्वद्ध कार्यकर्ताहरुविरुद्ध आफू र अन्य महिलाहरुलाई अपहरण र दुर्व्यवहार गरेको बारेमा अपहरणकारीविरुद्ध बयान दिने साहस गरेकी थिइन् ।

त्यसको दुइ वर्षपछि सन् २०१६ मा उनले संयुक्त रुपमा युरोपियन युनियनको प्रतिष्ठित पुरस्कार ‘शाखारोभ ह्युमन राईट्स प्राइज’ जितेकाी थिइन् ।अहिले २५ वर्षकी नादिया मलाला युसफजाई पछि नोबेल शान्ति पुरस्कार पाउने कम उमेरकी विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा