४३औं चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

(असोज १८, काठमाडौं)। जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीलेे युगान्डालाई ३-१ ले हराएको छ ।

समूह डी मा रहेको नेपाल दोस्रो स्थानमा छ । समान १० अंक बनाएको दक्षिण कोरिया शिर्ष र श्रीलंका तेस्रो स्थानमा छन् ।

नवौं चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र्राक कान्टीन्टीलाई हराए । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए ।

हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौं चरणमा नेपालले बलियो चिलीसँग प्रतिस्पर्धा गर्नेछ । बरियतामा ४९ औं स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल एक सय १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र