सोसल मिडिया प्रयोगमा नेपालले जित्यो भारतलाई

(असोज १८, काठमाडौं) । मोबाइल र सोसल मिडियाको प्रयोगमा नेपालले भारतीयलाई जितेका छन् ।

प्रतिशतका आधारमा भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशतमात्र छन् ।

सर्वेक्षण गरिएकामध्ये सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेका छन् । जबकी नेपालको छिमेकी विशाल मुलुक भारतमा ६१ प्रतिशत जनतासँगमात्र मोबाइल छ । यो नेपालभन्दा ११ प्रतिशतले कम हो ।

नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ । भारतमा भने ४३ प्रतिशत महिलाले मात्र मोबाइल प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको