नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ३९ करोड लगानी गर्ने

(असोज १७, काठमाडौं) ।  नेपाल राष्ट्र बैंकले १ अर्ब ३९ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले ३६२ दिने मुद्दती निक्षेपमा क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थामा यस्तो लगानी गर्न लागेको हो ।

बाणिज्य बैंकमा १ अर्ब ११ करोड ३७ लाख, राष्ट्रिय स्तरका बिकास बैंकमा २० करोड ८७ लाख र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा ६ करोड ९६ लाख रुपैयाँ  ३६२ दिने मुद्दती निक्षेपमा राख्न लागेको हो ।

 बैंक तथा वित्तिय संस्थाले आफुले दिन चाहेको ब्याज र लिन चाहेको निक्षेप खुलाई आगामी शुक्रबार १ बजेसम्ममा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागमा पुग्ने गरी दरभाउपत्र फारम पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । अज गोरखा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा

काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५