भूकम्प र सुनामीले इन्डोनेशिया तहसनहस, १३ सयको मृत्यु

(असोज १७, एजेंसी) ।  इन्डोनेशियामा शुक्रबार आएको भूकम्प र सुनामीमा अहिलेसम्म कम्तिमा १३ सयको मृत्यु भइसकेको छ ।

अन्तर्राष्ट्रिय संस्था रेड क्रसका अनुसार उक्त भूकम्पबाट लगभग १६ लाख मानिस प्रभावित भएका छन् । यस्तै संयुक्त राष्ट्रका अनुसार लगभग १० लाख मानिसहरुलाई तत्काल मद्दतको आवश्यकता छ ।

जतिबेला भूकम्पको झट्का आयो, त्यतिबेला थुप्रै मानिसहरु समुन्द्रको किनारामा पर्वको तयारी गरिरहेका थिए । बालारोआमा लगभग एक हजार सात सय घर र पेटोबोमा सयौं घर ढलेका छन् । यसबाहेक क्रिस्चन स्टडी समूहका ३० बालबालिकाको मृत्यु भएको छ ।

पालू शहरको पश्चिमी भागलाई पूर्वी भागसँग जोड्ने एक सय २७ मिटर लामो जिमालम पूल पूर्ण रुपमा ध्वस्त भएको छ ।  पानी, बिजुली र खानेकुराको हाहाकार मच्चिएको छ । बाटोमा छरिएका भग्नावशेषले यातायात रोकिएको छ ।

धेरैजसो मृतकलाई खाल्डो खनेर सामूहिक रुपमा गाडिएको छ । यद्यपी, थुप्रै शव अहिले पनि भग्नावशेषको मुनी दबिएका हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली