आयल निगमको मासिक घाटा १ अर्ब नाघ्यो

(असोज  १६, काठमाडौँ) ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर  एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु. ६४ करोड ५७ लाख घाटा भएको छ ।  पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि