नेतृत्व बिहीनको संस्था ‘नेपाल स्काउट’

२००९ साल असार ५ गते तत्कालीन राजाश्री ५ त्रिभुवन सरकारको बाहुलीबाट नारायणहिटी राजदरबारमा बिधिवत झण्डोतोलन गरी स्थापना भएको संस्था नेपाल स्काउट । श्री ५ को संरक्षकबाट २०४५ सम्मरहयो । त्यसपछि बहुदल आएपछि ५ वर्षसम्म नेतृत्व वीहिन भएको थियो । नेपाल स्काउटको ऐन नियमावली २०५१ ले नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री हुने व्यवस्था गरियो । नेपाल स्काउटको ऐन नियम संसोधनका लागि बेला बेलामा देशका बिभिन्न भागमा गोष्ठी सम्मेलन गरेका थिए । पूर्व प्रमुख आयुक्त श्रीराम लामिछानेज्यूबाट तेश्रो कार्यकालको २०७१ साल प्रमुख आयुक्त भइ काम गर्दाको अवस्थामा चित्त नबुझेका केहि स्काउट, स्काउटरहरुले धर्ना, अनसन आदि कार्यले गर्दा उहाँलाई पदबाट राजिनामा दिनुपर्ने बाध्य तुल्यायो ।

युवातथा खेलकुद मन्त्रालयका सचिव धुबप्रसाद शर्माको संयोजकत्वमा रहने गरी २०७१ जेष्ठ २१ गते एक तदर्थ समिति गठन गरियो । प्रमुख आयुक्तपदमा स्काउटकै हुनु पर्छभन्ने मान्यतानुसार २०७१ पौष २२ गतेपोखरामाभएको राष्ट्रिय परिषदको बैठकले काठमाण्डौं जिल्ला स्काउट कार्यालयका जिल्ला आयुक्त रबिन दहाललाई प्रमुख आयुक्त रहने गरी कार्यकारी समिति गठन गरी पदबहाली गरियो ।

स्काउटिङ चल्दै आएकोमा अनिर्वाचित सदस्यहरुले लामो अवधिसम्मपदमा बसिरहनु उचित होइन भनि केहि चित्त नबुझेका व्यक्तिहरुले आवाज उठाए । युवातथा खेलकुद मन्त्रालयबाट धनुषा जिल्लाका जिल्ला आयुक्त श्री चन्दन कौशिकको संयोजकत्वमा २०७४ भदौ ६ गते १३ जनाको तदर्थ समिति गठन गरियो ।

यो तदर्थ समितिले देशभर अन्यौलमा परेका जिल्ला कार्य समिति तथा अन्यतहको बिधान अनुसार निर्वाचन गर्नु भन्ने उल्लेख छ । देश भरका जिल्ला कार्य समितिको निर्वाचन २०६८ असार ५ गते भइ विभिन्न निहुमा सातवर्ष सम्म चलीसक्यो । जबकि एक कार्यकालमा चार वर्ष मात्रहुने विधानमा उल्लेख छ । यो तदर्थ समितिले मिति २०७४ चैत्र १४ गते देशभर निर्वाचन गर्नु हुनभनी सबै जिल्ला स्काउट कार्यालयहरुमा बिभिन्न संचार माध्यमबाट सूचना भैसकेको थियो ।

निर्वाचनहुने मितिको अघिल्लो दिनमात्र युवा तथा खेलकुद मन्त्रालयबाट देशको राजनैतिक संरचना परिवर्तन भइ सकेको र सोहीअनुसार स्काउटको पनि नियम कानुन परिवर्तन हुनेछ भनी सूचना गरेकोले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट निर्वाचन स्थगित भएको कुरा सबै जिल्लालाई जानकारी ग¥यो । निर्वाचन स्थगित भएता पनि बिना योजना स्काउटको उच्चस्तरको सि.ए.एल.टी. तालिम तथा तेश्रो राष्ट्रिय ज्याम्बोरी समेत यहि समितिले गरियो । अझ मिति २०७५ श्रावण १६ गतेबाट स्काउटको सबभन्दा उच्च स्तरको अन्तराष्ट्रिय स्तरको एल.टी. तालिम बिना योजना ककनी अन्तराष्ट्रिय तालिम केन्द्रमागर्ने भनी प्रतिब्यक्ति रु १२,०००।– दाखिला समेत गराइ सकेको तर अन्तराष्ट्रिय मान्यता अनुसार नियम नपुगेको भनी युवा तथा खेलकुद मन्त्रालयबाट सो तालिम स्थगित गरियो ।

समय सक्दा पनि पदमा बसीरहयो भने केहि अनुशासनहीन व्यक्तिहरुले उहाँहरुको कार्यकक्षको बाहिर टाँसेको नेमप्लेट झिकेर फयाँके । २ हप्ता पछि पुनःती नेमप्लेटलाई यथास्थानमा राखियो । यसो गरे ता पनि आयुक्तहरु आ–आफ्नो स्थानमा बस्न गएका छैनन । नेपाल स्काउट हाल नेतृत्वबिहीन छ । २०७५ भाद्र ५ गते सम्म मात्र म्याद भएकोले अन्तिम तदर्थ समिति स्वतः हट्यो भन्ने जन गुनासो पनि छ ।

देशभरका सम्पूर्ण स्काउट, स्काउटहरुको एउटै चाहना छ । जतिसक्यो उति संसदबाट बिधान पारित भएर आओस र छिट्टै निर्वाचनहोस । यस्तै नेतृत्वबिहीन भैरहयो भने अन्तर्राष्ट्रिय स्काउट संस्थाबाट नकारात्मक दृष्टिले हेर्ने छ भने कुरामा दुइ मत नहोला । यसबाट संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनिप्रश्न सूचक हुनेछ ।

रत्नलाल महर्जन,
स्काउटर, प्रभात स्काउट ट्रुप

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ