‘मिस्टर नेपाल वल्र्ड २०१८’को उपाधि चितवनका श्रेष्ठलाई

(असोज १४, काठमाडौं)। ‘मिस्टर नेपाल वल्र्ड २०१८’को उपाधि चितवन रामघाटका २५ वर्षीय विकल्पराज श्रेष्ठ ‘१६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका छन ।

‘बलात्कारीका लागि उपयुक्त सजाय के हुन सक्छ ?’ निर्णायक  कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् । सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा शनिबार सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफदइयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिँदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए ।

महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजारसहित विभिन्न पुरस्कार थाप्दा परियार, बराल र श्रेष्ठले नगद १५ हजारसहित विभिन्न उपहार प्राप्त पारे ।

कलाकार सुनिल थापा, पूर्व डिआइजी विज्ञानराज शर्मा, गीतकार  डा.कृष्णहरि बराल, बैंकर रविना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बालगायत निर्णायक रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

रौतहट, १ असोज । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की प्रदेश सांसद जैनब खातुनको निधन भएको छ । खातुन

तनहुँ, १ असोज । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि