इराकी मोडेल तारा फारिसको गोली हानी हत्या

(असोज १३, एजेन्सी) । इराकी मोडेल तथा इन्स्टाग्राम स्टार तारा फारिसको इराकको बगदादमा गोली हानी हत्या भएको छ ।

२२ वर्षकी इराकी मोडेल तथा इन्स्टाग्राम स्टारलाई गाडीमै रहेको बेला मोटरसाइकलमा आएका नचिनेका मान्छेहरुले गोली हानी हत्या गरेको बताइएको छ । गएको बिहीबार उनको गोली हानी हत्या भएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

इराकका प्रधानमन्त्री हैदर अल अवादीले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । बगदादकी पूर्व मिस बगदाद र फस्ट रनर अफ इराकको टाइटल समेत जितेकी फारिसलाई बगदादमै गोली हानी हत्या गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

२२ वर्षकी फारिस इसाइ धर्म मान्दथिन् । उनका बुवा इराकी थिए भने उनकी आमा लेबनानी रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि